• logoनेपाली
  • logoEnglish
  • |
  • logo Check Mail

सचिवज्यूको विदाइ कार्यक्रम

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव श्री सुरेशप्रकाश आचार्यको यही २०७३ वैशाख २९ गते मन्त्रालयमा विशेष कार्यक्रमका विच विदाइ सम्पन्न भयो । निजामती सेवा ऐन, २०४९ को प्रावधान अनुसार ५८ वर्ष उमेर पुरा भइ अनिवार्य अवकाश हुनु भएका आचार्यले २०७२ पौषमा खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापनासँगै मन्त्रालयको प्रथम सचिवको रुपमा मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको थियो ।

माननीय खानेपानी तथा सरसफाइ मन्त्री श्री प्रेमबहादुर सिंह प्रमुख अतिथि तथा माननीय रान्यमन्त्री श्री दिनेशचन्द्र यादव विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख, शाखा प्रमुख लगायतका कर्मचारी तथा मन्त्रालय मातहतका विभाग एंव निकाय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

विदाइ कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत विभिन्न निकायका पदाधिकारीहरुले सचिव आचार्यको निजामती सेवामा लामो समयको योगदानको चर्चा गर्दै निष्कलंक रुपमा निजामती सेवाको विशिष्ट श्रेणीको सचिवसम्मको जिम्मेवारी सफलातापूर्वक निर्वाह गरेकोमा वहांको योगदानको प्रशंसा तथा बधाई दिंदै अवकाश पश्चात पनि सकृयता साथ राष्ट्र तथा समाज सेवामा रहनु हुने अपेक्षा सहित सुखमय जिवनको कामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विदाइ हुन लाग्नु भएका सचिव आचार्यले निजामती सेवाको आफ्नो अनुभव व्यक्त गर्दै यस मन्त्रालयमा हालसम्म सहजतासाथ कार्य सम्पादन गर्नमा सहयोग गर्ने माननीय मन्त्रीज्यू, राज्य मन्त्रीज्यू लगायत सम्पूर्ण पदाधिकारी कर्मचारीहरुलाई धन्यवाद दिंदै अवकाश पश्चात पनि आफू सकृय रहने र मन्त्रालयले आवश्यक ठानेको विषयमा सल्लाह सुझाव तथा सहयोगको लागि आफू अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका मन्त्रालयकमा वरिष्ठतम सहसचिव श्री तेजराज भट्टले सचिवज्यूको निजामती सेवाको लामो अनुभवको राज्यले सदुपयोग गर्नु पर्ने बताउँदै सचिव आचार्यको सुखद र सकृय सेवा निवृत्त जीवनको लागि कामना गर्नु भयो ।